काठमाडौं- नेकपा एमालेका नेता तथा सुदुरपश्चिम प्रदेश उपसचिब बलदेव रेग्मीले बाजुरामा एमालेको सबैभन्दा ठुलो शक्ति भनेको एमाले भीत्रको एकता भएको बताएका छन् । शनिबार नेकपा एमाले बाजुरा–काठमाडौ सम्पर्क मञ्च र अनेरास्ववियुले आयोजना गरेको एसइई उत्तीर्ण भई बाजुराबाट अध्यायनका लागि काठमाडौं आएका विद्यार्थीहरुलाईविद्यार्थीलाई बधाई तथा स्वागत कार्यक्रममा बोल्दै रेग्मीले पार्टीभित्रका नेतृत्वको एकता आवश्यक भएको बताएका हुन् ।
उनले भने,’बाजुरा एमालेको सबैभन्दा ठुलो शक्ति भनेको हाम्रो एकता हो । एकताले नै हामीले सम्पुर्ण शक्तिलाई पराजित गरिसकेका छौ । अझ झनै भन्नुपर्दा बुढीगँगा चुनाव राष्ट्रिय राजनीतिको आर्कषको केन्द्रविन्दु बनेको थियो । त्यसले बाजुरामा अझ भनौ देशभरिमा हाम्रो शक्तिलाई देखाएको छ । त्यसका लागि बुढीगँगाबासी र नेताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
रेग्मीले पद र ओहदा ठुलो भएर हुदैन् जनतासँगको सम्बन्धले सही न्याय दिन सक्ने भएकाले त्यो सम्बन्ध एमालेले निरन्तर गरिरहने बताए ।
उनले अब आउने राष्टिय र प्रदेश निर्वाचनमा पार्टी जिताउन र पार्टीको शिर उच्च राख्न जसरी स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर लाग्यौ त्यसरी नै सबैले लाग्नु पर्नै बताए । उनले पार्टीभित्रको आन्तरिका द्धन्द सामान्य भएकाले त्यसलाई त्यागी बाह्य शक्तिलाई पराजित गाराउन बाजुरामा एमााले एकता अपरिहार्य भएको बताए ।
नेता रेग्मीले उज्वल भविष्यको सपना बोकेर काठमाडौं पढ्न आएका विद्यार्थी हरुलाई बधाई दिदै उज्ज्वल भविष्यको कामना गरेका छन् । उनले अध्ययनका साथसाथै सामाजिक अभियान र राजनीतिमा बिद्यार्थीहरुको महत्वपुर्ण योगदान रहने बताए ।
नेताहरुले उपयुक्त ठाउमा सही सुझाव दिएर भर्नामा हुने कठिनाइलाई सहज पारेर विद्यार्थीहरुका अन्य ब्यक्तिगत कठिनाइहरुलाई सहज पारेर नेताहरुबाट सहयोग हुनुपर्ने बताए ।
उनले भने, ‘विद्यार्थी भनेको भोलाीको बाजुराको भविष्य हो । बिद्यार्थीहरुको योगदानले नै पार्टी र जिल्लाको लागि को लागि सहायोग सावित हुदै आए छ । हिजोका दिनमा पनि बाजुराबाट यहाँ पढ्न आउने बिद्यार्थी नेताले नै बाजुराको कम्युनिष्ट आन्दोलाई यो शिरामा पुर्याएको थिए ।’






















