images
images
  • बैतडीबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना: १८ जना घाइते, ६ गम्भीर

    बैतडी- बैतडीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना भएको छ।

    पञ्चेश्वर गाउँपालिका तिलाचौरबाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको बस मेलौली नगरपालिका–७ स्वाखानी भन्ने स्थानमा दुर्घटना हुँदा करिब १८ जना घाइते भएको बैतडी प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

    घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बसमा ३० जना यात्रु सवार रहेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images