images
images
  • धनकुटामा पाँच किलो गाँजासहित २० वर्षीय युवक पक्राउ

    धनकुटा– धनकुटा–९ मुलघाटबाट पाँच किलो गाँजासहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–९ का २० वर्षीय सुनिल राई रहेका छन् ।

    मुलघाट चौकीबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका राईसहित उनी सवार प्रदेश नं १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकलसमेत प्रहरी नियन्त्रणमा रहेका छन् ।

    यस विषयमा थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images