images
images
  • झापामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

    झापा- झापाको दमक नगरपालिका–४ चिया बगानमा हिजो बेलुकी कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पैदल हिँडिरहेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो । कारसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images