काठमाडौं- नेकपा एमाले बाजुरा–काठमाडौ सम्पर्क मञ्च र अनेरास्ववियुले विद्यार्थीलाई बधाई तथा स्वागत गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भई बाजुराबाट अध्यायनका लागि काठमाडौं आएका विद्यार्थीहरुलाई एमाले र अनेरास्ववियु सम्पर्क मञ्चले संयुक्तरुपमा शनिबार बधाई तथा स्वागत गरेको मञ्चका अध्यक्ष निश्चल बुढाले जानकारी दिए । कार्यक्रम काठमाडौंको त्रिचन्द्र कलेजमा संचालन गरिएको थियो ।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सह–इनचार्ज कर्ण बहादुर थापाको प्रमुखअतिथीमा सँचालन भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य, एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इनचार्ज मा.लालबहादुर थापा रहेका थिए ।
कार्यक्रमा एमाले केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, केन्द्रीय सदस्य सहदेव बोगटी, अजबहादुर मल्ल, सुदुरपश्चिम प्रदेश सह सचिव बलदेव रेग्मी, प्रदेश कमिटी सदस्य लाल बहादुर ओली, सुदूरपश्चिम–काठमाडौँ सम्पर्क कमटी अध्यक्ष दलबहादुर धामी लगायतका नेकपा एमाले आस्थावान नेता कार्यकर्ताहरुको सहभागित रहेको थियो ।
बाजुराबाट उज्वल भविष्यको सपना बोकेर काठमाडौं पढ्न आउने विद्यार्थीहरुवीच परिचय गरी जनसम्पर्क बढाउन र उनीहरुले भोग्नुपर्ने समस्या समाधानका लागि सहजीकरण गर्न यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बुढाए बताए ।



























