images
images
  • चार वर्षीया बालिका बलात्कार, एक युवक पक्राउ

    पाँचथर- चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक पुरुष पक्राउ परेका छन । फिदिम नगरपालिका– ११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई ४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

    शनिबार राती बालिकालाई ललाई फकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन्।

    प्रहरीले सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images