
बाजुरा- जिल्ला प्रहरी कार्यालय बाजुराले अवैध उम्रेको गाँजा नष्ट गरेको छ । जिल्लाको बडीमालिका नगरपालिका–९ मार्तडी बजार छेउछाउँमा प्राकृतिक रुपमा उम्रेको गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीले अवैध रुपमा रहेको गाँजा प्रयोग नहोस् भनेर प्रहरी नायव निरीक्षक कलबहादुर साउँदको प्रहरी टोलीले सोमबार २ रोपनी बराबर मार्तडी बजार आसपासको जमिनमा प्राकृतिक रुपमा आफैं उम्रेको अवैध गाँजा फडानी गरी नष्ट गरिएको प्रहरी नायव उपरीक्षक साउँदले बताएका छन् ।
वर्षेनी बाजुराका विभिन्न स्थानहरुमा गाँजा ठुलो मात्रामा आफैं उम्रने गर्दछ । प्राकृतिक रुपमा आफैं उम्रेको गाँजा प्रहरीको सक्रियतामा फडानी गरी नष्ट गरिन्छ ।
गाउँघर, सडक आसपासमा गाँजा फैलिएको सूचना प्रहरीले पाएपछि समुदायसँग सहकार्यमा प्रहरीले फडानीसहित नष्ट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । -नजिक न्युज
प्रतिक्रिया दिनुहोस्