images
images
  • चर्चित लेखक रुस्दीमाथि हमलाः २० सेकेन्डमा १५ पटकसम्म छुरा प्रहार

    न्युयोर्क- चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार भएको छ । शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा लेखक रुस्दीको घाँटीमा छुरा प्रहार भएको हो ।

    न्युयोर्क राज्यमा आक्रमणमा परेका चर्चित लेखक  रुस्दीमाथि गर्धनमा १० देखि १५ पटक छुरा प्रहार भएको जनाइएको छ । उनलाई २० सेकेन्डमा १० देखि १५ पटक छुरा प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    शहरबाट करिब १०० किलोमिटर टाढा चौताउवा इन्स्टिच्युसनमा आयोजित कार्यक्रमको मञ्चमा एक आक्रमणकारी पुगेर उनलाई छुरा प्रहार गरेको कार्यक्रमका दर्शकसमेत रहेका रब्बी चाल्र्स सेभेनोरले बताए ।

    २० सेकेन्डभित्र १० देखि १५ पटक छुरा प्रहार भएको उनले बताए । आक्रमणपछि उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो ।

    रुस्दीको अवस्था गम्भीर रहेको न्युयोर्क राज्यकी गभर्नर क्याथी होचुलले बताइन् । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

    सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए । आक्रमण लगत्तै रुस्दी भुइँमा ढलेका थिए ।

    आक्रमणकारीलाई न्युयोर्क प्रहरीले हिरासतमा राखेको छ । ७५ वर्षीय लेखकको अवस्था गम्भीर रहेको बताइएको छ । उनको एक अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ

    उनको कृति ’द सैटानिक भर्सेस’ विवादमा छ । -एजेन्सी

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images