images
images
  • म्याग्दीमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ३ जना बेपत्ता

    म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका-२ रुमको तामिङमा आज ९मंगलबार० बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् ।

    घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा पुगेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।

    गोठे र उनकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images