images
images
  • उदयपुरमा बस दुर्घटना हुँदा १२ जना घाइते

    सोलुखुम्बु- सिद्धिचरण लोकमार्गको कटारी घुर्मी सडक खण्डमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सोलुखुम्बुबाट विराटनगर हिँडेको बा ३ ख २९५६ नम्बरको बस उदयपुरको कटारी नगरपालिका–४ मरुवामा अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    दुर्घटनामा बस चालक मोरङ विराटनगर महानगरपालिका–११ का ३० वर्षीय सरोजकुमार झा, पाँचथर फिदिम नगरपालिका–५ का २४ वर्षीय भूपेन्द्र पोखरेल, कटारी नगरपालिका–४ का ३२ वर्षीय तेजकुमार राई, मोरङ रंगेली नगरपालिका–७ का ६० वर्षीय खड्कबहादुर भुजेल, खोटाङ हलेसी तुवातुङ नगरपालिका–७ का २५ वर्षीय सञ्जीव राउत, ओखलढुंगा सिद्धिचरण नगरपालिका–१ का ५० वर्षीय टेकराज कोइराला, ३२ वर्षीय युवराज कोइराला, मोरङ कानेपोखरी नगरपालिका–७ का ६० वर्षीय गंगादेवी भुजेल, ३६ वर्षीय धनमाया भुजेल, सिन्धुली फिकल गाउँपालिका–४ का ७० वर्षीय जितबहादुर बिसुङखे, सिद्धिचरण नगरपालिका–३ का ३८ वर्षीय यादबकुमार दाहाल र ओखलढुंगा मोलुङ गाउँपालिका–२ रामपुरका ३३ वर्षीय तेजप्रसाद नेपाल घाइते भएको जनाएका छन् ।

    घाइते मध्ये गम्भीर अवस्थाका भूपेन्द्र पोखरेल, तेजकुमार राई,  खड्कबहादुर भुजेल, टेकराज कोइराला,  युवराज कोइराला,  गंगादेवी भुजेल, धनमाया भुजेल, जितबहादुर बिसुङखेलाई कटारी अस्पतालमा उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ ।

    बाँकी घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images