काठमाडौं- बडिमालिका नगपालिकाले बडिमालिका पर्यटन बर्ष यात्रा भब्य रुपमा सफल पार्न नेपाल पर्यटन बोर्डमै पत्रकार सम्मेलन गरेको छ ।
पर्यटन प्रबर्द्धनका लागि यस वर्ष (२०७९)बाट बडिमालिका बर्ष यात्रा सुरु गरिने भएकाले राज्यका तर्फबाट बिशेष पहल होस् भनेर ध्यान आर्कषण गराउन नगपालिकाले काठमाडौंमा पत्रकार सम्मेलन गरेको हो ।
मानव बिकास सूचांकमा पछाडी परेको बाजुरा जिल्लामा अवस्थित धार्मिक र पर्यटकिय संस्कृति बोकेको बडिमालिकालाई महत्व दिनका लागि राज्यका तर्फबाट बिशेष पहल होस् भन्ने ध्यान आर्कषण गर्न पत्रकार सम्मेलन गरिएको बडिमालिका नगपालिकाका नगरप्रमुख अमर खड्काले बताए ।
नगरप्रमुख खड्काले भने-‘धार्मिक, प्राकृतिक र सांस्कृतिक हिसावले महत्व बोकेको यस स्थानलाई राज्यले नीतिगत तहमा जसरी महत्व दिनुपर्ने हो त्यो नदिएका कारणले गर्दा राज्यबाट पनि सुनुवाई होस् भनेर यो पर्यटन बर्ष यात्रा सुरु गरेका हौ । अहिले संघीयताको मोडलमा संघ, प्रदेश र स्थानीय तहले आ-आफ्नो तर्फबाट यसको प्रचार-प्रचार र उजागर गर्न पहल गरोस् ।’
श्रावण महिनाको पुर्णिमाको दिन लाग्ने मेलालाई महत्वपुर्ण अवसरका रुपमा लिदै यस मेलाले मात्र यसको महत्व र यहाँको पर्यटकिय महत्वलाई उजागर गर्न नसकिने उनले बताए । यसका लागि त्यहाँका समग्र पर्यटन क्षेत्रमा काम गर्ने व्यबसायीलाई सहयोगका लागि प्याकेजको रुपमा लिन कसरी प्रबर्द्धन गर्न सकिन्छ भनेर निति निर्माताको ध्यानाकर्षण गराएको नगरप्रमुख खड्काले बताए ।
बडिमलिका नगरप्रमुख अमर खड्का
पत्रकार सम्मसम्मेलनमा पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिहं ऐरसहित पर्यटन व्यवसायी सहभागी थिए। वरिष्ठ निर्देशक ऐरले बडीमालिका क्षेत्रले सिंगो सुदूरपश्चिम चिनाउन मद्दत पुगेको बताएका छन्। बडीमालिका धार्मीक आस्थाको मात्र क्षेत्र नभइ प्राकृतिक सुन्दरताले पनि भरिएको स्थल भएकोमा ऐरले प्रशंसा गरेका छन्।
मेलनमा बोल्दै बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिहं ऐरले सुदुरपश्चिमलाई चिनाउने यस देवोभूमि बडिमालिकाको प्रचार प्रसार गर्न र राष्ट्रिय मुलधारमा ल्याउन पर्यटन बोर्डको सहयोग सदैव रहने बताए । उनले यसका लागि सुदुरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारका निर्णयलाई कार्यन्वयन गर्न पहल गरिने बताए ।
निर्देशक ऐरले भने, “बोर्डले लामो समयदेखि यसको ब्यापक प्रचार प्रसार गर्ने तर जबसम्म यसलाई राष्ट्रिय मुलधार र टे«किङ् रुटको रुपमा जोड्न सक्दैनो यसको प्रचार प्रचार हुन सक्दैन । यसका लागि प्रदेश र स्थानीय सरकारले गरेको निर्णयलाई सहयोग गर्दै यसका लागि पहल गर्नेछौ ।”
धार्मिक आस्था र विश्वाससँग जोडिएको यस पबित्र स्थललाई यसलाई राष्ट्रिय रुपमा चिनाउने बिभिन्न कार्यक्रम गरिसकेको छ । पर्यटन ब्यवस्थापनको लागि पुर्वाधार बनाउन आबश्यक पहल प्रदेशमा गरिएको उनले बताए ।

यसअघि बडिमालिका नगरपालिकाका प्रमुख खड्का र प्रवक्त धर्मराज पाध्याय र वडा नं. ६ का वडाध्यक्ष कृष्ण खड्काले पर्यटन बोर्डका अधिकारीहरुसँग यसबारे छलफल गरिसकेका छन् ।
बाजुरा जिल्ला भौगोलिक अवस्था र बिकासका पुर्वाधारमा पछाडी परेपनि यहाँका सौन्दर्यता अतुलनीय छ । यस जिल्लामा अवस्थित बडिमालिका धार्मिक आस्था बोकेको र प्राकृतिक सुन्दरताले भरिपुर्ण नेपालका प्रमुख तिर्थस्थल मध्य एक हो ।
यस पवित्र स्थलमा प्रतेक बर्षको जनैपुर्णिमाको दिन भब्य पुजा लाग्ने गर्दछ ।
बडिमालिका समुन्द्री सतहबाट करिब ४ हजार २ सय २७ मीटरको उचाइमा छ । हिउँदमा सेताम्य हिउँ पर्छ, सदैव जसो चिसो सिरेटो चलिरहन्छ । चैत्रदेखि असोजसम्म मात्रै यो पवित्र स्थालमा पुग्न सम्भव हुन्छ ।



विश्व खबर 




















