images
images
  • दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते

    नवलपरासी- नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।

    घाइते यात्रुमध्ये ६जनाको को अवस्था भने गम्भीर रहेको छ ।

    कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए । उनका अनुसार बसमा ३१ जना जना सवार थिए ।

    घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्यको स्थानिय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images