images
images
  • कांग्रेस प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा

    काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई जिम्मेवारी तोकेको छ ।

    नवनियुक्त प्रमुख सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले दुवैजनालाई आज सो जिम्मेवारी दिएका हुन् ।

    यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन् । सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि दुबै पद रिक्त थियो ।

    रिक्त पदमा संसदीय दलका नेताले देउवामा बुधवार नयाँ नियुक्ति गरेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस्