कास्की- पोखरा महानगरपालिकाले वडा नम्बर ३३ मा जग्गा कब्जा गरी अनधिकृत रुपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगर मातहत रहेको पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा संरक्षण अभियान अन्तरगत छाप्रा हटाइएको हो ।
महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरुले अवैध रुपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिए ।
शर्माका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरि २६ वटा छाप्रा भत्काइएको हो । पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षण अभियानको सुरुवात स्वरुप ती छाप्रा भत्काइएको उनले बताएका छन् ।
सार्वजनिक जमिन कब्जा गरि विभिन्न स्थानमा आफूखुशी संरचना निर्माण गरिएका कतै पाइए महानगरमा जानकारी गराउन समेत शर्माले महानगरवासीलाई आग्रह गरेका छन् ।


विश्व खबर 




















