images
images
  • काभ्रेमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

    काठमाडौं- काभ्रेपलान्चोकमा मोटरसाइकल सडक डिभाइडरमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

    रोशी गाउँपालिका ११ डालाबेशीमा गएराति मोटरसाइकल सडक डिभाइडरमा ठोक्किँदा सिन्धुलीको मझुवा गाँउपालिका ५ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो । धुलिखेल अस्पतामा उपचारको क्रममा मग्रातीकोमृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइते भएका मोटरसाइकल पछाडि सवार मृतकका २१ वर्षीय दाई प्रेमबहादुर मग्रातीको अवस्था सामान्य रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ७० प ४१८२ नम्बरको मोटरसाइकल गएराति साढे २ बजे दुर्घटना भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images