images
images
  • १३ वर्षीया बालिका बलात्कृत

    कास्की- कास्कीमा एक जना १३ वर्षीया बालिकालाई बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका–१३ बस्ने पर्वत कुश्मा नगरपालिका–६ घर भएका २४ वर्षीय खिम बहादुर बि.कलाई प्रहरीले पक्राउ गरेको छ ।

    बि.कले ती बालिकालाई ललाई फकाई शुक्रबार राति सोही महानगरपालिका–५ लब्लीडाँडामा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images