images
images
  • बाजुराका ९ स्थानीय तहमा ७९ करोड बढी बेरुजु, सबैभन्दा बढी त्रिवेणीमा

    बाजुरा- बाजुरामा ९ स्थनीय तहमा ७९ करोड बढी बेरुजु रहेको उल्लेख गरिएको छ । महालेखा परीक्षकको कार्यालयले २०७८ को वार्षिक प्रतिवेदनमा बाजुरामा ७९ करोड बढी बेरुजु रहेको उल्लेख गरेको छ ।

    ९ वटा स्थानीय तहको ७९ करोड ९३ लाख २८ हजार रहेको प्रतिवेदनमा उल्लेख भएको छ ।

    आर्थिक वर्ष ०७६-०७७ सम्म बाजुराका ९ वटै स्थानीय तहमा बेरुजुको विवरण महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको हो । प्रतिवेदनमा सबै भन्दा बढी त्रिवेणी नगरपालिका र कम गौमुल गाउँपालिकामा रहेको छ ।

    त्रिवेणी नगरपालिकामा १७ करोड ९२ लाख ३० हजार बेरुजु रहेको छ। त्यसै गरी गौमुल गाउँपालिकामा ३ करोड ६२ लाख ३५ हजार रहेको छ। बडिमालिका नगरपालिकामा ६ करोड ६५ लाख ४७ हजार रकम बेरुजु रहेको छ ।

    स्वामिकार्तिक खापर गाउँपालिकामा ९ करोड ६७ लाख ६९ हजार रहेको छ। जगन्नाथ गाउँपालिकामा ६ करोड ५५ लाख ३० हजार, खप्तड छेडेदह गाउँपालिकामा ८ करोड २९ लाख ८१ हजार रहेको छ ।

    त्यसैगरी हिमाली गाउँपालिकामा ८ करोड १५ लाख १४ हजार बेरुजु रहेको छ। त्यस्तै बुढीनन्दा नगरपालिकामा ११ करोड ९१ लाख ९७ हजार र बुढीगंगा नगरपालिकामा ७ करोड १३ लाख २५ हजार रकम बेरुजु रहेको छ ।

    प्रचलित कानुनबमोजिम रीत नपु¥याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको र अनियमित तथा बेठीक तरिकाले आर्थिक कारोबार गरेको भेटिएमा महालेखाले त्यस्तो रकमलाई बेरुजु मान्छ ।

    कतिपय बेरुजु प्रक्रिया नपुग्दा देखिन्छ भने कतिपय अनियमितताले हुन्छ । प्रतिवेदनका अनुसार कतिपय रकम भने फिर्ता गर्न उल्लेख गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images