images
images
  • आजबाट कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गरिदै (तालिकासहित)

    काठमाडौं- काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने भएको छ । यसका लागि महानगरले तालिका सार्वजनिक गरिसकेको छ ।

    महानगरले कुहिने फोहोर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ । नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन गर्ने जनाएको छ ।

    महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई साउन १ गतेदेखि कारबाही गर्ने भन्दै असार ९ गते सूचना जारी गरिसकेको थियो । फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५ सय जरिवाना गर्ने सूचनामा उल्लेख छ ।

    फोहोर संकलनका क्रममा फोहोर कुहिने र नकुहिने भन नछुट्याए हरेक पटक जरिवाना गरिने महानगरपालिकाको चेतावनी छ । फोहोर छुट्याउने जिम्मेवारी जसले फोहोर उत्पादन गर्छ उसकै भएकोले यस्तो निर्णय गरिएको महानगरपालिकाको भनाइ छ ।

    महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ ९थ० र फोहोरमैला व्यवस्थापन भन २०६८ को दफा ३८ (थ) मा जरिवाना गर्न सकिने व्यवस्था छ ।

    पछिल्लो समय कामपालगायत काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य जटिल बन्दै गएको छ । नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले पटकपटक अवरोध गर्दा फोहोर व्यवस्थापनमा सहजताका लागि महानगरले नयाँ अभ्यास सुरु गरेको हो ।

    293568502 1103263527264329 4291631543121739058 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images