images
images
  • भारतले खोल्यो धार्चुला धौलीगाडको बाँध, महाकाली तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

    कञ्चनपुर- भारतले धार्चुलाको धौलीगाड जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै जलविद्युत परियोजनाले शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म बाँध खोलेकाले महाकाली जलस्तर बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरेका हुन् ।

    परियोजनाले सिल्ट फ्लशिंगको कार्य गर्ने भएकाले बाँधको ढोका खोलिने जानकारी यसअघि नै स्थानीय प्रशासनलाई गराएको थियो ।

    भारतले बेला–बेला बाँध सरसफाइको काम गर्दै आएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images