images
images
  • ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

    काठमाडौं- ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका(२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन्।

    मकै गोड्ने क्रममा बिहीवार चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन्।

    घाइते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images