images
images
  • बाजुराको समन्वय समिति एकलौटी एमालेको बन्ने पक्का, प्रमुखमा रोकाया र थापाको चर्चा

    बाजुरा- बुढीगंगा नगरपालिकाको जितसँगै बाजुरा जिल्लाको समन्वय समिति एमालेको बन्ने पक्का भएको छ ।

    बैशाख ३० गते भएको मतदानमा धाँधली भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले असार २३ गते पुनः मतदान गराएको थियो । आईतवार सार्वजनिक भएको परिणाम अनुसार नगर प्रमुखमा एमालेका उम्मेदवार रामवहादुर बानियाँ र उप-प्रमुखमा एमालेकै माया कुमारी खड्का (कुँवर) निर्वाचित भए ।

    नौ स्थानीय तह रहेको बाजुरामा जिल्ला समन्वय समिति बनाउनका लागि पालिकाका प्रमुख र उपप्रमुख गरी १० को आवश्यकता पर्दछ ।

    ६ पालिकामा प्रमुख र पाँचमा उपप्रमुख जितेपछि जिल्ला समन्वय समिति एकलौटी एमालेको बन्ने सुनिश्चित भएको हो ।

    बाजुरामा कांग्रेसले तीन प्रमुख र तीन उपप्रमुख जितेको छ भने बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् ।

    नौ स्थानीय तह रहेको बाजुरामा जिल्ला समन्वय समिति बनाउनका लागि पालिकाका प्रमुख र उपप्रमुख गरी १० को आवश्यकता पर्दछ । ६ पालिकामा प्रमुख र पाँचमा उपप्रमुख जितेपछि जिल्ला समन्वय समिति एकलौटी एमालेको बन्ने सुनिश्चित भएको हो ।

    बाजुरामा कांग्रेसले तीन प्रमुख र तीन उपप्रमुख जितेको छ भने बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् । बुढीनन्दाको स्वतन्त्रबाट विजयी उपप्रमुखको पनि एमालेमा समर्थन रहने छ ।

    प्रमुखमा २ जनाको चर्चा :
    बुढीगंगाको जितसँगै बाजुरा जिल्लाको समन्वय समिति एमालेको बन्ने पक्का भएपछि समन्वय प्रमुख को बन्ने भन्ने बिषयको चर्चा हुन सुरु गरिएको छ। बाजुराको समन्वय प्रमुखमा २ जनाको चर्चा चलेको छ ।

    बाजुराको समन्वय प्रमुखमा २ जनाको चर्चा चलेको छ । समन्वय प्रमुखको लागि गौमुल गाउँपालिकाका तुल्सीराम रोकाया र बुढीगँगागंगा नगरपालिकाका हिक्मत थापाको नाम उनका निकट मानिएकाहरुबाट सामाजिक संजाल मार्फत सार्बजनिक गरेका छन ।

    थापा र रोकाया दुबै जना नेकपा एमालेका पुरानै अनुहार हुन । दुबै जना उम्मेदवार बलिया उम्मेदवारका रुपमा रहेका छन ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images