बाजुरा- बुढीगंगा नगरपालिकामा ७ हजार ४ सय १९ मतगणना हुदा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।
प्रमुखमा एमाले उम्मेदवार रामबहादुर बानियाँ ७८० मतले अगाडि छन् । बानियाँले ३ हजार ८८१ मत पाउँदा कांग्रेस उम्मेदवार रङ्गबहादुर खाती ३ हजार १०१ मतका साथ पछ्याइरहेका छन् ।
उपप्रमुखमा मायाकुमारी खड्का कुँवरले ३ हजार ७५३ मत र रिता शाहीले ३ हजार १५३ मत पाएकी छन् । दुईजनाबीच ६०० मतको फरक छ ।
नगरपालिकाको पछिल्लो मतपरिणमअनुसार नेकपा एमालेको अग्रता कायमै रहेको छ । वडा नम्बर १, २, ९, १०, ८, ७, ४ र ३ को गणना सम्पन्न भएको छ ।
८ वटा वडाको मतगणना सकिएको छ । अब २ वटा वडाको गणना बाँकि रहेको छ । मतगणना सकिएको १, २, ३, ९ र १० वडामा एमाले विजयी भएका छन् । वडा नम्बर ४, ७ र ८ मा काँग्रेस विजयी भएका छन् ।
वडा नम्बर ८ मा भने एमालेका बिराज रावललाइ पराजित गर्दै नेपाली काँग्रेसका रमेश बहादुर रावल विजयी भएका छन् । त्यस्तै वडा नम्बर ४ मा एमालेका प्रकाश बहादुर रावतलाई पराजय गर्दै नेपाली काँग्रेसका मिन बहादुर शाह विजयी भएका छन् । वडा नम्बर ७ मा काँग्रेसका भुवन सिंह केसी विजयी भएका छन् । उनले एमालेका मन्नामे बिष्टलाइ पराजय गरेका हुन् ।
वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार रण बहादुर थापा काँग्रेसका उम्मेदवार लोग बहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका छन् । त्यस्तै वडा नं. १० मा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउदले काँग्रेसका उम्मेदवार मोहन बहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका छन् । वडा नम्बर ९ मा गठबन्धनका उम्मेदवार समाजवादिका भरत बहादुर थापालाई नेकपा एमालेका मिन बहादुर सिंह विजयी भएका छन् ।
वडा नम्बर २ एमालेका उम्मेदवार पदम भण्डारी विजयी भएका छन् । काँग्रेसका नर बहादुर थापा पराजित भएका छन् । वडा नम्बर ३ मा एमालेका खड्क अधिकारीले काँग्रेसका गोरख बहादुर रौलेलाई पराजित गरेका छन् ।
अहिले डा नम्बर ५ र ६ को मतगणना भइरहेको छ । ११ बजे भित्र पुरै मतपरिणाम आइसक्ने निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।
यस्तो छ अहिलेसम्मको मत परिणाम :



विश्व खबर 




















