बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ।
अहिलेसम्म नगरपालिका वडा न १, २, ९, १०,८ र ३ गरी छ वडमाको गणना सम्पन्न भएको छ । अहिलेसम्म ५ हजार ४ सय २५ मतगणना सकिएको छ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ दोब्बर मतले अगाडि छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले ३ हजार ३६४ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रङ्गबहादुर खातीले १ हजार ७८९ मत पाएका छन्।
यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुँवरले ३ हजार२५८ मत पाएकी छन्। उनकी प्रतिस्पर्धी काङ्ग्रेसकी रिता शाहीले १ हजार ८६२ मत ल्याएकी छिन्।
अहिलेसम्म ५ हजार ४२५ मत गणना भएको बताइएको छ।
अहिलेसम्म मत गणना सकिएका मध्ये पाँच वटा वडा एमालेले र एउटा वडा कांग्रेसले जितेको छ ।बुढीगंगामा कूल ९ हजार १२८ मत खसेको थियो।
यस्तो छ अअहिलेसम्मको नतिजा :
नेकपा एमाले
प्रमुख राम बहादुर बानियाँ -३३५१
उप प्रमुख मायाँ कुमारी खड्का (कुवँर) -३२५८
नेपाली काँग्रेस
नगर प्रमुख रंग बहादुर खाती- १७८९
उप प्रमुख रिता शाही ( शाह)- १८६२


विश्व खबर 




















