images
images
  • बुढीगंगा ३ मा एमालेका अधिकारी दोब्बर मतले निर्वाचित

    काठमाडौं- बुढिगंगा नगरपालिका ३ मा नेकपा एमाले उम्मेदवार खडक बहादुर अधिकारी विजयी भएका छन् ।नेपाली काँग्रेसका उम्मेदवार गोरख बहादुर रौलेलाई पछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार अधिकारी विजयी भएका छन् ।

    विजयी खडक बहादुर अधिकारीले ५ सय २८ ल्याएका छन्, भने उनका प्रतिदन्द्धी गोरख रौलेले २ सय १९ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको ५ सय ११ काँग्रेस मेयरको २ सय ३२ र एमाले उपमेयर ५ सय २६ काँग्रेस उपमेयर २ सय १४ मत ल्याएका छन् ।

    १ हजार ३ सय ४० मतदाता रहेको वडमा ७ मा ६७ सय मत खसेका थिए । १० वटा वडामा ६ वटा वडाको मतगणना सम्पन्न मध्य ५ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन भने वडा न ८ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा बिजयी भएका छन ।

    बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।

    नगरप्रमुखमा नेपाली काँग्रेस बाट रङ्ग बहादुर खाति र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images