images
images
  • जैमिनीका घर जोखिममा

    निरन्तरको वर्षासँगै आएको पहिराले बागलुङको जैमिनी–१० राङखानीमा दुई घर जोखिममा परेका छन् । घरमुनि र घरमाथिबाट खसेको पहिराका कारण राङखानीको सिर्जना टोलका अशोक विक र रविलाल विकको घर जोखिममा परेका हुन् । यसै वर्ष निर्माण भएको अशोकको नयाँ घरको जग नजीकैबाट पहिरो खसेको छ । अशोकको घरमुनि रहेको रविलालको घर पुरिने अवस्थामा छ । निरन्तर वर्षा भइरहेकाले पहिरो नरोकिएको राङखानीका बासिन्दा मित्र थापाले बताउनुभयो । दुवै घरका परिवार छिमेकीको घरमा बसेका छन् । स्थानीय युवाको सक्रियतामा पहिरो पन्छाउने काम भइरहेको थापाले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images