images
images
  • बुढीगंगा वडाध्यक्षमा एमालेको चौथो ह्याट्रिक, २ मा पनि भण्डारी भारी मतले विजयी

    बाजुरा- बुढीगंगा नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी भारी मतको मतान्तरले विजयी भएका छन् । काँग्रेसका उम्मेदवार नर बहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका छन् ।

    एमालेका विजयी भण्डारीले ८ सय ३८ ल्याएका छन्, भने काँग्रेसका नर बहादुर थापाले २ सय ३५ मत मात्रै ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको ८ सय ५१ काँग्रेस मेयरको २ सय २९ र एमाले उपमेयर ८ सय ५८ काँग्रेस उपमेयर २ सय १३ मत ल्याएका छन् ।

    १४ सय ४३ मतदाता रहेको उक्त वडामा ११ सय १९ मत खसेको थियो ।यो वडा एमालेको विजयीसँगै बुढीगंगाका ४ वटा वडामा एमाले जित हालिस गरिसकेको छ ।

    यसअघि बुढगंगाको १,९ र १० मा पनि एमालेले जीत हासिल गरिसकेको छ। वडा नम्बर ३ र ८ को गणना भइरहेको छ ।

    बुढीगंगामा कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको छ । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।

    एमालेबाट नगर–प्रमुखमा प्रमुख राम बहादुर बानियाँ र उप–प्रमुखममा माया कुमारी खड्का(कुवर) उम्मेदवार रहेका छन्, भने नेपाली कांग्रेसबाट प्रमुखमा रंगबहादुर खाती र उपप्रमुखमा रिता शाही उम्मेदवार रहेका छन्

    प्रतिक्रिया दिनुहोस्
    images
    images