images
images
  • कुकुरको टोकाइबाट बैतडीमा लेखापालको मृत्यु

    काठमाडौं- बैतडीमा कुकुरको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका-७ स्थित बालकृष्ण माध्यमिक विद्यालयका लेखापाल ३६ वर्षीय नरेन्द्र बहादुर साउँद रहेका छन् ।

    उनलाई तीन महिना पहिले कुकुरले टोकेको थियो । कुकुरले टोकेपछि उनको स्वास्थ्य अवस्था दैनिक बिग्रँदै गएको थियो ।

    उनलाई गत मंगलबार उपचारका लागि अस्पताल लगिएको हो । चेकजाँचका क्रममा रेबिज पुष्टि भएको र उपचारकै क्रममा मृत्यु भएको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले बताए ।

    परिवारका अन्य सदस्यहरूलाई पनि कुकुरले टोकेको आफन्त सूर्यबहादुर बोहराले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images