images
images
  • डेंगु संक्रमणबाट संखुवासभामा एक जनाको मृत्यु

    काठमाडौं- डेंगुको संक्रमणबाट संखुवासभाको चैनपुर नगरपालिका–५ की सीतादेवी न्यौपानेको मृत्यु भएको छ । जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा ५६ वर्षीया न्यौपानेको बिहीबार मृत्यु भएको डा. पंकज गुप्ताले बताए ।

    प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । खाँदबारी ल्याइएपछि परिक्षण गर्दा उनलाई डेंगु पुष्टि भएको थियो ।

    उच्च ज्वरो, रुघाखोकीसमेतको लक्षण देखिएको उनको उपचारमा ढिलाइ हुँदा ज्यान गएको अस्पतालले जनाएको छ । डेंगुसँगै उनलाई निमोनिया पनि देखिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images