images
images
  • बुढीगंगामा पुन: निर्वाचन आज, बिहान ७ बजेदेखि मतदान जारी (तस्विरसहित)

    बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार पुन: चुनाव हुँदैछ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ।

    ३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा बुढीगंगामा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

    १० वटा मतदानस्थल र १९ वटा केन्द्र निर्धारण गरिएको छ । बुढीगंगामा पुनः मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ  ।  सबै मतदानस्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

    ggg

    मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । १० ओटा मतदानस्थल रहको पालिकामा हरेक मतदानस्थलमा १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको सुरक्षा निकायले जनाएको छ ।

    मतदानस्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका जनाइएको छ । उनीहरूले संयुक्त रुपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्ती समेत सुरु गरेका छन् । १० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा रहेको बुढीगंगामा पुनः मतदान गराउन झण्डै एक सय जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो । मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहले बुथ कब्जा गरेका थिए ।

    मेयरमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती उम्मेदवार छन् ।

    Badimalika

    दोस्रो पटक निर्वाचन हुनुका कारण :
    वैशाख ३० गते मुलुकका अन्य ७५२ स्थानीय तह जस्तै यहाँ पनि निर्वाचन भइरहेको थियो । बुढीगंगा नगरपालिका ४ स्थित थुमा मावि मतदान स्थलमा एक हजार ७०९ मतदाता रहेकोमा एक हजार ६९९ मत खसाइएको थियो । यो मत प्रतिशत ९९ दशमलव ४१ हो । यही मतले देशैभरि यहाँको निर्वाचनबारे शङ्का पैदा गराएको थियो ।

    नेपाली कांग्रेसले नियन्त्रणमा लिइएको भनिएको यो मतदान स्थल सम्भवतः नेपालमै सबैभन्दा बढी मत खसेको हो । थुमा मावि मतदानस्थलमा दुई वटा मतदान केन्द्र रहेका थिए ।

    नेपाली कांग्रेसका नगर प्रमुख उम्मेदवार रङ्गबहादुर खातीको मतदान स्थल पनि यही हो । २०७४ को स्थानीय तहको चुनावमा पनि यो मतदान स्थलमा बाजुरामै सबैभन्दा बढी मत खसेको थियो । यो मतदान स्थलमा विगतदेखि नै कांग्रेसले नियन्त्रणमा लिएर फर्जी मत हाल्दै आएको आरोप लाग्ने गरेको छ । तर, कांग्रेसले भने यो कुराको खण्डन गर्दै आएको छ ।

    कांग्रेसले भने एमालेले चार वडाका बुथहरू कब्जा गरेको आरोप लगाएको थियो । समग्र मतदान केन्द्रको सुरक्षाको जिम्मेवारी लिएका सुरक्षाकर्मीहरू वडा नम्बर २, ३, ५ र ९ नम्बरका मतदान स्थलबाट अपराह्नतिर मतपेटिकासमेत मतदान स्थलमै छाडेर हिँडेका थिए ।

    कांग्रेस नेताहरूले एमालेले बुथ कब्जा गरेपछि सुरक्षा दिन नसकेर भाग्न बाध्य भएको बताएका थिए । यता एमाले नेताहरूले भने कांग्रेसले सत्ताको दुरुपयोग गरेर प्रहरी प्रशासनलाई फिर्ता बोलाएको आरोप लगाएको थियो ।

    विवाद त्यतिमा मात्रै सीमित भएन । निर्वाचन कार्यालय प्रमुखको जिम्मेवारीमा खटिएका उपसचिव कृष्ण सापकोटाले भने आफू असुरक्षित रहेको र हुल हुज्जत हुनसक्ने भन्दै निर्वाचनमा तोकिएको जिम्मेवारीबाट निर्वाचन आयोगमा राजीनामा पठाएपछि यहाँ थप विवाद भएको थियो ।

    जिल्ला निर्वाचन व्यवस्थापन समितिद्वारा सर्वदलीय बैठक आयोजना गरिएको भए पनि दलहरूबिच सहमति हुन सकेन । थप अध्ययनका लागि निर्वाचन आयुक्त सगुन शमशेर जबरासहितको टोली बाजुरा पुग्यो ।

    समितिले प्रतिवेदन बुझाए लगत्तै निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो । तर, उक्त प्रतिवेदनमा मतगणना यथाशीघ्र सुरु गर्न सिफारिस गरिएको थियो ।

    291410149 1572354376494375 6435082116322500206 n

    291617924 407325501366466 7958396494036873877 n

    292683031 5232497453525288 5273773299540184782 n

    291134681 450666246896333 5217925421848724428 n

     

    292235732 5232497573525276 872160823351695594 n

    291788220 773578407405879 881762439815107287 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images