images
images
  • केबलकार बिग्रिएपछि चार सय जना मानिस चन्द्रागिरिमा अलपत्र

    चन्द्रागिरिमा बुधबार दिउँसो पौने २ बजेदेखि केबलकार बिग्रिएपछि चार सय जना मानिस डाँडामा अलपत्र परेका छन् ।

    साँझसम्म केबलकार सञ्चालन आउन नसकेपछि नेपाल प्रहरीले उनीहरुलाई उद्धार गरिरहेको प्रहरी वृत्त, थानकोटका डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।

    टावर नं ४ मा समस्या देखिएपछि दिउँसो पौने २ बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनासहित उनको परिवार पनि बीचमै अलपत्र परेको थियो । उनीहरुलाई उद्धार गर्न झण्डै आधा घन्टा लागेको थियो ।

    प्रहरी स्रोतका अनुसार तिम्सिना अलपत्र परेका बेला अन्य २८ केबलकार बीचमै रोकिएका थिए । त्यतिबेला १२० जनालाई तानेर उद्धार गरिएको थियो ।

    उनका अनुसार गाडीमार्फत उनीहरुलाई ओसार्ने काम भइरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images