images
images
  • यस्ता छन् प्रदेश १ मन्त्रिपरिषद् बैठकले गरेको निर्णय

    काठमाडौं- प्रदेश १ मन्त्रिपरिषद् बैठकले ६ वटा निर्णय गरेको छ । हिजो साँझ बसेको बैठकले कृषि मन्त्रालयसँग सम्बन्धित तीन, आन्तरिक मामिला तथा कानून मन्त्रालय, यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयसँग सम्बन्धित एक एक गरी छ वटा निर्णय गरेको हो ।

    बैठकले प्रदेशसभा सचिवालयको सवारी साधनबाट दुर्घटनाका मृतक एवं घाइतेको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले मोरङको कटहरी फलफूल तथा तरकारी थोक बजार संकलन (दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गरी लेखा अधिकृतस्तर कर्मचारी रहने व्यवस्था गरेको छ।

    यसैगरी, कृषि मन्त्रालयको उक्त प्रस्तावसँगै सोही मन्त्रालयबाट प्रस्तुत भएको शिलबन्दी प्रस्ताव मूल्यांकन प्रक्रियामा समावेश नगर्न निर्देशन गर्ने सम्बन्धमा र पुरक संक्षिप्त संगठन संरचना तथा कर्मचारी दरबन्दी विवरण स्वीकृति गर्ने बैठकले निर्णय गरेको छ ।

    यस्तै, बैठकले यातायात व्यवस्था निर्देशनालयको संगठन संरचना स्वीकृति र अस्पताल भवन निर्माण पूर्व अनुमति सम्बन्धी कार्यविधि, २०७९ को स्वीकृति सम्बन्धमा निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images