
बर्दियास्थित नेपाल भारत सीमानामा गोली चलेको छ । गोली लागेर निउरो टिप्न गएका एकजना नेपालीको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ घर भएका ५४ वर्षका हेमराज गोडियाको उपचारको क्रममा मृत्यु भएको बर्दियाका एसपी बीरेन्द्रबहादुर शाहीले बताए ।
असार १६ मा बिहान ११ बजे गोडिया निउरो टिप्न भारतर्फका कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीमा निउरो टिप्न गएका हुन् । साँझ पौने ८ बजेतिर उनले आफुलाई गोली लागेको भन्दै लिन आउन परिवारलाई खबर गरेका थिए । पत्नी र छोराले ल्याएर गुलरिया अस्पतालमा भर्ना गरे । उपचारको क्रममा उनको मृत्यु भएको छ ।
गोली चलाउनेको पहिचान नखुलेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्