images
images
  • अस्पतालका कर्मचारी बोकेको बस बनेपामा दुर्घटना, १ जनाको मृत्यु

    काठमाडौं- काभ्रेको बनेपा नगरपालिका–११ मा बस दुर्घटना भएको छ । बाल अपांग अस्पताल बनेपाका कर्मचारी सवार बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको काभ्रेका एसपी चक्रराज जोशीले बताए ।

    मृत्यु हुनेमा भक्तपुरको लोकन्थली घर भएकी ५३ वर्षीया लेख कुमारी बस्नेत छिन् । अस्पतालका स्टाफ बोकेर ओरालो झर्ने क्रममा बा.१क ५७४७ नम्बरको बस सडकबाट ७ मिटर तल झरेर रुखमा अड्किएको छ । दुर्घटनामा ३८ जना घाइते भएका छन् ।

    घाइतेहरुमध्ये २१ जनाको शिर मोमोरियलमा उपचार भइरहेको छ । भूमि अस्पतालमा ७ जना, धुलिखेल अस्पतालमा ८ जना र बाल अपांग अस्पतालमा ३ जनाको उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images