images
images
  • सरकार परिवर्तन केन्द्रले टुंग्याउँछ : मुख्यमन्त्री पाण्डे

    काठमाडौं- आफूलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन अभियान थालेका बेला वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले यसको टुंगो पाँचदलीय गठबन्धनले नै गर्ने बताएका छन् ।

    मुख्यमन्त्री पाण्डेले ट्वीटरमार्फत गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुने पनि बताएका छन् ।

    ‘वागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरूको निरुपण पाँचदलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुनेछ । गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछन्’, नेकपा एसका उपाध्यक्षसमेत रहेका पाण्डेले लेखेका छन् ।

    प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस र माओवादीका सांसदले पूर्वसहमति अनुसार पदबाट हट्नुपर्ने भन्दै हस्ताक्षर संकलन थालेका हुन् ।

    नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्नुअघि भएको लिखित सहमतिमा आधा अवधिपछि कांग्रेसका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images