images
images
  • बागमतीका मुख्यमन्त्रीविरुद्ध कांग्रेस र माओवादीको हस्ताक्षर अभियान, को बन्लान् चौथो मुख्यमन्त्री ?

    काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेविरुद्ध हस्ताक्षर अभियान सुरु भएको छ।

    गत ७ असोजमा भएको सहमति अनुसार पाण्डेले मुख्यमन्त्रीबाट हट्न नमानेपछि कांग्रेस र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले हस्ताक्षर अभियान सुरु गरेका हुन्।

    एक प्रदेशसभा सदस्यका अनुसार आवश्यक परेको खण्डमा प्रयोग गर्नेगरी हस्ताक्षर संकलन सुरु भएको हो। एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका पाण्डेले आधा कार्यकाल र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले आधा कार्यकाल चलाउने गरी सहमति भएको थियो।

    बागमती प्रदेशले आगामी आर्थिक वर्षको बजेट आज पास गरेको छ। यसअघि बजेट पास हुनेबित्तिकै मुख्यमन्त्री परिवर्तन हुने नेताहरुले बताएका थिए।

    ११ कात्तिक ०७८ मा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले करिब ८ महिना सरकार चलाइसकेका छन्। सरकारले आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी अघि बढाइरहँदा अब पुग नपुग ५ महिना कार्यकाल बाँकी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images