images
images
  • एमालेबाट निर्वाचित वडाअध्यक्ष शरद बलात्कारको आरोपमा पक्राउ

    काठमाडौं- बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैतडीको मेलौली नगरपालिका-१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् । वडाध्यक्ष नेगी एमालबाट निर्वाचित भएका हुन् ।

    एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

    पीडित महिलाको स्वास्थ्यपरीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ । आरोपित दुवै जनालाई हिरासतमा राखी अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images