images
images
  • बालुवाटार आगलागी: निभाउने प्रयास जारी, ५ वटा दमकल परिचालन

    काठमाडौं- काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ । अहिले दमकलको सहायताले आगो निभाउने काम जारी छ ।

    आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो । सुरुमा काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन आएको थियो तर त्यसले काम गरेन । त्यसपछि प्रहरीको दमकलको सहयताले आगो निभाउन थालिएको छ ।

    ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    आगलागीको कारण र त्यसले पुर्‍याएको क्षतिको थप विवरण आउन बाँकी छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images