images
images
  • नासाले फिर्ता माग्यो चन्द्रमाको माटो र साङ्ला

    काठमाडौं- राष्ट्रिय वैज्ञानिक तथा अन्तरिक्ष प्रशासन (नासा)ले आफ्नो स्वामित्वमा रहेको चन्द्रमाको धुलो र साङ्ला फिर्ता मागेको छ। नासाको कदमले पाँच लाख डलरमा बिक्री हुन लागेको ४० ग्राम माटो र तीनवटा मरेका साङ्ला बेचिनबाट जोगिएका छन्।

    अन्तरिक्ष एजेन्सीले यहाँस्थित आरआर अक्सनलाई सन् १९६९ को अपोलो ११ मिसनमा सङ्कलन गरिएको चन्द्रमाको धुलो र तीनवटा साङ्लाको बिक्री रोक्न तथा तत्काल ती फिर्ता गर्न माग गरेको हो। चन्द्रमाको चट्टानबाट सङ्कलन गरिएको माटोमा स्थलचरमा प्रभाव पर्नेनपर्ने अनुसन्धान गर्न त्यो माटो ती साङ्लालाई ख्वाइएको थियो।

    नासाका वकिलले लिलामीकर्ता कम्पनीलाई पत्र लेखेर ४० मिलिग्राम चन्द्रमाको माटो र तीनवटा मरेका साङ्ला रहेको शिशी सङ्घीय सरकारको स्वामित्वमा रहेको सम्झाउँदै फिर्ता गर्न भनेका छन्। नासाको पत्र पाएपछि आरआर अक्सनले चार लाख डलरमा बेच्ने तयारी गरिएको माटो र साङ्लालाई अक्सनको सूचीबाट हटाएको छ।

    लिलामी रोक्न नासाले दुईपटक पत्राचार गर्नुपरेको थियो। अपेलो ११ मिसनले २१.३ किलोग्रामभन्दा बढी चन्द्रमाको चट्टान पृथ्वीमा ल्याएको थियो। उक्त चट्टानलाई धुल्याएर कीरा, माछा, साङ्लालगायत जीवलाई खुवाइएको थियो। चट्टानको धुलो विषाक्त भए/नभएको निक्र्योल गर्न तिनलाई त्यो खुवाइएको थियो।

    चन्द्रमाका धुलो खुवाइएका साङ्लालाई त्यति बेला नै मिनेसोटा विश्वविद्यालय लगेर कीटविद् मेरियन बुक्सबाट अनुसन्धान गराइएको थियो। चन्द्रमाको माटो विषाक्त नभएको उनले पुष्टि गरेकी थिइन्। पन्ध्र वर्षअघि नै ब्रुक्स यो संसारबाट बिदा भएकी छन्। एपी

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images