काठमाडौं– सिन्धुपाल्चोकको थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोले रहेका छन्। उनी जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा थिए । गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेका थिए ।
आज बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले बताए । मृतकको आफन्त आइपुगेपछि शवपरीक्षण गरिने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















