
बाजुरा-बाजुराको बुढीनन्दा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गरेको छ । नगर सभाको सातौँ अधिवेशनमा उपप्रमुख राम बहादुर बोहराले ४३ करोड ३ लाख ३४ हजारको बजेट सार्वजनिक गरेका हुन् ।
१६ करोड ३५ लाख चलु तर्फ र नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानमा ११ करोड ९८ लाख विनियोजन गरिएको छ ।
नगरपालिकाले सरकारबाट सर्शत अनुदानतर्फ ८० लाख, राजश्व बाँडफाँड तर्फ ९ करोड ३८ लाख २८ हजार, प्रदेश सरकार वित्तीय समानीकरणतर्फ ८५ लाख ६९ हजार र प्रदशे सरकार राजश्व बाँडफाँडतर्फ ६४ लाख २४ हजार ९४ लाख विनियोजन गरेको छ ।
विषेश समपूरकतर्फ ६० लाख २४ हजार र नगरपालिकाको आन्तरिक श्रोततर्फ २ करोड १७ लाख ३० हजार ४ सय ५० विनियोजन गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।
सातौ नगर सभाले नगर पालिकाको ५० प्रतिशत बजेट शिक्षामा लगानी गर्ने नीति अघि सारेको छ ।
त्यस्तै कृषि तथा पशुपन्छीतर्फ १ सय भन्दा फलफूलका बिरुवा लगाएर र हुर्काउने लाई ५० प्रतिशत अनुदानको ब्यबस्था गर्ने भएको छ । नगर भित्रका जिउँला हेर्ने खेतालालाई खेताला र नोराल्य प्रोत्साहन भत्ताको ब्यबस्थापन गर्ने, जर्शी गाई पाल्ने कृषक लाई ७० प्रतिशत अनुदानको ब्यबस्था गर्ने गर्ने नीति बनाएको छ ।
उद्योग तथा रोजगारतरर्फ नगर भित्रमा १५ प्रतिशत युवालाई प्रदेश सरकारसंग समन्वय गरेर सीप मुलक तालिम को व्यवस्था गर्ने जस्ता लोकप्रीय नीति तथा कार्यक्रहरु नगरले बनाएको छ ।
यस्ता छन् नगरका नीति तथा कार्यक्रमहरु :
शिक्षातर्फ
–नगर भित्रका उत्कृष्ट बिध्यालय,शिक्षक ,विविस अध्यक्ष र बिध्याथी लाई सम्मान सहित पुरस्कारको ब्यबस्था
–प्राविधिक शिक्षा पढने हलिया,खलिया,जनजाति ,मुस्लिम र बिपन्न परिवारका नगर भित्रका पाँच जना बिध्याथीलाई नगर प्रमुख छात्रवृत्ति कार्यक्रम अन्तर गत छात्रवृत्ति उपलब्ध गराउने
-नगर प्रमुख छात्रवृत्ति कार्यक्रम प्रत्येक बर्ष छ जना बिद्यार्थीलाई
–लोकसेवा आयोग सचेतता कार्यक्रम संचालन गर्ने
–नगर भित्रका सबै बिध्यालयका भवन सुधार गर्ने ।
–बिध्यालय तथा शिक्षकको टेली नियमित टेलि अनुगमन गर्ने ।
–अन्तर बिध्यालय नगर प्रमुख खेलकुद सप्ताह कार्यक्रम गर्ने ।
स्वास्थ्यतर्फः
-नगर पालिकामा दुई वटा एम्बुलेन्स सन्चालन गर्ने
-स्वास्थ नगरबासि स्वस्थ नगर भन्ने नारालाई आत्मसात गर्दै स्वास्थ सेवामा सबै नगर बासी समतामूलक पहुँच सुनिश्चित गर्ने ।
-उम्मेर पुगेका स्वयंसेविकाहरुका लागि नेपाल सरकारको सुनौलो अबकास ब्यबस्था लाई थप व्यबस्था गर्ने ।
-नगर भित्रका जेष्ठ नागरिकलाई निशुल्क उपचारको ब्यबस्था मिलाउने ।
-नगरप्रमुख घर(घर चिकित्सक अभियान संचालन गर्ने ।
-नगर भित्रका गर्भवती तथा अति संबेदनसिल बिरामी लाई निशुल्क एम्बुलेन्स सुबिधा उपलब्ध गराउने ।
-कोल्टिमा गेटा अँखा अस्पतालको अँखा उपचार क्लिनिक संचालन गर्ने ।
-पाण्डुसैनमा आयुर्वेद औसधालय सेवा केन्द्र स्थापना गरने ।
कृषि तथा पशुपन्छी
-१ सय भन्दा फलफूलका बिरुवा लगाएर र हुर्काउने लाई ५० प्रतिशत अनुदानको ब्यबस्था गर्ने
-नगर भित्रका जिउला हेन्ने खेताला लाई खेताला र नोराल्य प्रोत्साहन भत्ताको ब्यबस्थापन गर्ने
-जर्शी गाई पाल्ने कृषक लाई ७० प्रतिशत अनुदानको ब्यबस्था गर्ने
-पाण्डुसैनको उपयुक्त ठाउमा कृषि तथा पशु सेवा केन्द्र स्थापाना गर्ने ।
नगर पालिका भित्रा उपयुक्त ठाउँमा उपयुक्त फलफूल खेती संचालन गर्ने
उद्योग तथा रोजगारतर्फ
नगर भित्रमा १५० युवा लाई प्रदेश सरकार सङ समन्वय गरेर सीप मुलक तालिम को ब्यब्स्था गर्ने
-नगर पालिकाको प्रशासनिक भवन नजिकै कोशेली घर स्थापना गर्ने
-नगरप्रमुख युवा स्वरोजगार कार्यक्रम
-नगर भित्रको बिधुत तथा सञ्चार लाई भर पर्दो र गुणस्तरीय बनाउने
-बीस लाख भन्दा माथिको सबै योजना हरु विद्युतिय ठेक्का बाट सम्पन गर्ने
कला र सस्कृती
-साहित्य ,कला र सस्कृती नगर पालिकाको आफ्नै नगर गित र लोगो निर्माण गर्ने।
-नगर भित्रका कला सस्कृतिको उजागर गर्न
सूचना तथा सञ्चार
-नगर भित्र भएका सामुदायिक रेडियो र सञ्चारकर्मीको क्षमता बिकास कार्यक्रम सन्चालन गर्ने
-उत्कृष्ट पत्रकार र मिडिया हाउस लाई पुरस्कारको ब्यबस्था ।
बन तथा बाताबरण
-जन्म दिन वृक्षारोपण कार्यक्रम नगर भित्र तीन बश सम्म जडिबुटी संकलन रोक लगाईने ।
खानेपानी तथा सरसफाई
-कोल्टी बजार लगायत नगरका सम्पुर्ण वडाको खाने पानी समस्यालाई समाधान गर्ने
महिला, बालबालिका तथा जेष्ठ नागरिक
-महिला, बालबालिका, फरक क्षमताभएका ब्यक्तिको विकास कार्यक्रम
-वडा वडामा जेष्ठ नागरिक क्लब स्थापना कार्यक्रम
-जेष्ठ नागरिक मिलन केन्द्र
-७० बर्ष भन्दा माथिका नगरीक लाई निसुल्क स्वास्थ्य सुबिधा कार्यक्रमम
खेलकुद
-नगर प्रमुख कप फुटबल सन्चालन गर्ने
-नगर भित्रका उत्कृष्ट खेलाडी लाई पुरस्कारको ब्यबस्था ।
विविध
-२ वटा नगर बस सन्चालन कार्यक्रम
-नगरपालिकाले आफ्नै डोजर खरिद गर्ने
-नगर प्रमुख युवा रोजगार कार्यक्रम सन्चालन गर्ने
-नगर प्रहरी भर्ना गर्ने
-हेलो मेयर कार्यक्रम सन्चालन गर्ने
-नगर उपप्रमुख कोसेलि कार्यक्रम लाई निरंतरता दिने ।
-बीस लाख भन्दा माथीको बजेटलाई ईभिडिङग गर्ने
-चैत मसान्तसम्म सम्झौता र जेठ मसान्त सम्म भुक्तानी
-दलित महिला र असायलाई कानुनी सयता पुरस्कार प्रदान गरिने
-बुढिनन्दा भरी फ्री वाईफाई कार्यक्रम गर्ने
-कृषि पशुपन्छी भूगोलको अबस्था अनुसार पकेट क्षेत्र घोषण कार्यक्रम
-खेताला लाई छ महिनाको ६ हजार कार्यक्रमम
प्रतिक्रिया दिनुहोस्