images
images
  • प्रहरी बढुवामा आरजुको ठाडो हस्क्षेपः १३ औँ नम्बरमा एसएसपी बढुवा भएका कुँवर डिआईजीमा कसरी भए पहिलो ?

    काठमाडौं-नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले वसन्तबहादुर कुँवरलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।

    टेकप्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ र उमेशराज जोशीलाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ । आईजीपी धिरजप्रताप सिंह र एआईजी पूजा सिंह सदस्य रहेको बढुवा समितिले भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गासिंह र किरण राणलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

    बढुवा सिफारिस भएका सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी । मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, वसन्तबहादुर कुँवर, अशोकसिंह, दुर्गा सिंह चन्द र किरण राणा २०५१ चैत ५ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । दिपक थापा, टेकबहादुर तामाङ, भीमप्रसाद ढकाल र सुदिप गिरी २०५२ भदौ १९ मा प्रहरी निरीक्षकबाट प्रहरीमा प्रवेश गरेका हुन् । यसअघि एसएसपी हुँदा १३औँ नम्बरमा बढुवा भएका वसन्त पहिलो नम्बरमा सिफारिस भएका छन्। कुँवर नेपाल प्रहरीको प्रवक्ता भैसकेका छन् ।

    नेपाल प्रहरीमा पहिलो पटक एकसाथ चार जना महिला डीआईजी हुने भएका छन्। सरकारले बुधबार राति १७ डीआईजी बढुवाका लागि सिफारिस गर्दा चारै जना महिला एसएसपीहरु अटाएका हुन्। किरण बज्राचार्य छैठौं नम्बरमा सिफारिस भएकी छन्। मिरा चौधरी नवौं, १६ औं नम्बरमा दुर्गा सिंह र १७ नम्बरमा किरण राणा सिफारिस भएकी छन्। एकसाता उजुरी गर्ने समयपछि उनीहरुको बढुवा बारे निर्णय हुनेछ।

    उनीहरु २०५१ सालमा एकसाथ प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। एसपीसम्म चारै जना एकसाथ बढुवा भए। तर एसएसपी हुँदा सिंह र राणा झण्डै दुई वर्षपछि परेका थिए।पछिल्लो समय बालुवाटारमा आरजु देउवाले मोटो रकम डिल गरेर नेपाल प्रहरीको सरुवा बढुवाको काम अगाडी बढाउने गरेकी छिन् । बालुवाटारबाट आरजुले लिष्ट तयार गरेर नेपाल प्रहरीको सरुवा बढुवा हुने र त्यहि अनुसार गृहमन्त्रीले प्रहरीहरुको सरुवा बढुवा गर्ने गरेका छन् ।

    प्रहरीको बढुवामा बालुवाटारमा आरजु देउवा हावी, गृहमन्त्री निरिह
    arju deuba

    नेपाल प्रहरीका डिआईजीहरुको बढुवा सिफारिस भएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको बुधवार सांझ बसेको बैठकले नेपाल प्रहरीका १७ एसएसपीहरुको डिआईजीमा बढुवा सिफारिस गरेको हो ।गृहमन्त्रालयले गठन गरेको बढुवा समितिमा गृहसचिव टेकनारायण पाण्डे अध्यक्ष थिए भने सदस्यमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सदस्य सचिव एआईजी पुजा सिंह थिईन् । उनिहरुले नेपाल प्रहरीमा एसएसपीबाट डिआईजीका लागि बढुवा सिफारीस गरेका हुन् ।

    समितिले सिफारिस गरेको बढुवामा एसपीपीहरु वसन्त कुवर, टेकप्रसाद राई, अशोक सिंह,दीपक थापा, श्याम ज्ञवाली,किरण बज्रचार्य,सन्दिप भण्डारी,सुदिप गिरी,मिरा चौधरी,टेक बहादुर तामाङ,उमेश जोशी र भिमप्रसाद ढकाल रहेका छन् । त्यसैगरी एसएसपीहरु रामदत्त जोशी, पोषराज पोखरेल,बुद्धिराज गुरुङ,दुर्गा सिंह र किरण राणा डिआईजीका लागि बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस हुने एसएसपीहरुमा कुंवर, राई, सिंह, ज्ञवाली, बज्रचार्य, भण्डारी, चौधरी, जोशी,सिंह,राणा र पोखरेल २०५१ चैत ५ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

    प्रहरीको डिआईजी बढुवामा बालुवाटारमा आरजु देउवा हावी भएको स्रोतको दावी छ । अहिले बढुवा हुने अधिकृत अहिलेकै ऐन नियम कायम रहे आगामी चैतपछी नयां महानिरीक्षकको दावेदार समेत हुने भएकाले बढुवामा ठुलो चलखेल भएको हो । यद्यपी प्रहरीमा ३० वर्षे सेवाअवधि हटाएर अहिलेकै महानिरीक्षकलाई राख्ने खेल समेत जारी छ ।

    बढुवामा शक्तिकेन्द्र र विचौलियाको चलखेल भएकै कारण डिआईजी बढुवा लामो समयदेखी हुन सकेको थिएन । जवकी नेपाल प्रहरीमा अहिले ३ जना डिआईजी मात्रै कार्यरत छन् । प्रहरीमा डिआईजी नहुंदा काम कार्वाही नै प्रभावित भएको प्रहरी अधिकारीहरु नै बताउंछन् । नेपाल प्रहरीको सरुवा बढुवामा आरजु देउवाले हावी हुंदा सधै विवाद हुने गरेको छ । यसपटक पनि आरजु देउवा हावी भएको स्रोत बताउंछ । बढुवामा गृहमन्त्री बालकृष्ण खांड निरिह बनेका छन् । प्रहरीको बढुवामा प्रधानमन्त्री पत्नी आरजु देउवा र उनका साला भुषण राणा हावी भएको गृहस्रोत बताउंछ ।

    बढुवाको सूचिमा एक नम्बरमा रहेका सन्दिप भण्डारीलाई ७ नम्बर पुर्याइएको छ । दुई नम्बरमा रहेका टेकप्रसाद राईलाई भने यथावत राखिएको छ । अख्तियार प्रमुख प्रेम राईले उनको वरियता नचलाउन प्रहरी महानिरीक्षक सिंह र गृहसचिव पाण्डेलाई दबाव दिएको स्रोतको दावी छ । तर,व्यवसायीक अधिकृतका रुपमा परिचय बनाएका भण्डारी बढुवामा पछी परेका छन् । जवकी १२ नम्बरमा रहेका बसन्त कुंवर भने एक नम्बरमा आएका छन् । उनलाई प्रधानमन्त्रीका साला भुषण राणाको दबावमा अघि ल्याइएको स्रोत बताउंछ । प्रहरी महानिरीक्षक सिंहको समेत उनलाई सहयोग थियो । कुंवर पनि व्यवसायीक अधिकृतकै रुपमा चिनिन्छन् । तर, उनको छलाङलाई भने धेरैले अस्वभाविक मानेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारबाट सुरुमा वरियतामा ३ नम्बरमा रहेका एसएसपी उमेश जोशीको नाम एक नम्बरमा बढुवाका लागि सिफारिस थियो । तर,अन्तिममा उनलाई ११ नम्बरमा पुर्याइएको छ । उनि प्रधानमन्त्रीकै जिल्लावासी समेत हुन् । वरियतामा अघि रहेका रामदत्त जोशीलाई पांच नम्बरबाट १३ नम्बरमा पुगेका छन् भने एसएसपी दीपक थापा ६ नम्बरबाट ४ नम्बरमा आउन सफल भएका छन् । उनि २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका अधिकारी हुन् । उनको ब्याचबाट सुदीप गिरी ८ नम्बरमा,टेकबहादुर तामाङ १० नम्बरमा र भिम ढकाल १२ औं नम्बरमा बढुवा भएका छन् ।

    बढुवामा प्रहरी प्रवक्ता समेत रहेका एसएसपी विष्णु केसी,भरत बहादुर बोहरा र राजेशनाथ बांस्तोलालगायत छुटेका छन् । उनिहरु प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् । एसएसपी बांस्तोलाका लागि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अन्तिम समयसम्म प्रयास गरेको स्रोत बताउंछ ।

    वरियतामा १९ नम्बरमा रहेका र विवादित पृष्ठभुमिका एसएसपी अशोक सिंहलाई भने बढुवाको ३ नम्बर सूचीमा राखिएको छ । उनलाई एक नम्बरमा ल्याउने प्रयास थियो । तर, एक नम्बरमा ल्याउन सम्भव नभएपछी उनलाई ३ नम्बरमा ल्याइएको हो । सिंहकै लागि लामो समय बढुवा रोकिएको थियो । गृहमन्त्री बालकृष्ण खांड उनलाई एक नम्बर ल्याउन नहुने पक्षमा थिए । तर, बालुवाटारबाट भने उनलाई अघि ल्याउन चर्को दबाव थियो । यही लडाईका कारण प्रहरीमा डिआईजी बढुवा लामो समय रोकिएको हो । कुंवरलाई प्रहरी महानिरीक्षक सिंहले समेत अघि ल्याउन जोडबल गरेका हुन् । ‘दुई नम्बरमा रहेका राईलाई चलाउन नसक्ने एक नम्बरका भण्डारीको शक्ति नपुग्ने,सिंहलाई एक नम्बरमा ल्याउन नसकिने अवस्थाको फाइदा कुवंरलाई भयो ।’ गृहस्रोत भन्यो ।

    अहिलेको डिआईजी बढुवामा एसएसपी सिंहलाई अघि ल्याउनुको पछाडी उनलाई एआईजी विश्वराज पोखरेलको ठाउंमा एआईजी बनाउने तयारी भएको स्रोतको दावी छ । पोखरेल आगामी साउन २० मा एआईजीबाट अनिवार्य अवकास पाउंदैछन् । यद्यपी उनको अदालतमा मुद्दा चलिरहेको छ । तर, अहिलेकै अवस्थामा उनले साउनमा एआईजीबाटै अवकास पाउनेछन् । उनको रिक्त पदमा सिंहलाई एआईजी बनाउने र अहिलेका महानिरीक्षकपछी आईजीपी बनाउने खेल रहेको छ । त्यस खेलमा प्रधानमन्त्री देउवाका आफन्त संलग्न रहेका छन् ।

    सिंह काठमाण्डौं प्रहरी प्रमुख हुंदा जुवाखालमा चोरी भएको चेकसम्बन्धी उजुरीमा गलत मनसाय राखेर अनुसन्धान गरेको भन्दै उनलाई कारबाही सिफारिस भएको थियो । नेपाल प्रहरीका डिआईजी राजेशलाल कर्ण नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा उनलाई कारबाही गर्न सिफारिस गरेको हो । त्यतीमात्र होईन उनको पृष्ठभुमि समेत राम्रो नभएको उनकै ट्रयाक रेकर्डले देखाउंछ । यति हुंदा हुंदै उनलाई प्रधानमन्त्री पत्नी आरजु राणा र उनका भाई भुषण राणाको जोडबलमा अघि ल्याइएको हो ।

    नेपाल प्रहरीमा हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी चैत्र १० मा अवकास पाएपछी अहिले डिआईजी हुनेमध्येबाट भावी प्रहरी महानिरीक्षक बन्ने भएकाले बढुवामा सकस भएको हो । अहिलेको ब्याचबाट आईजीपी बन्ने अधिकृत नै यही नियम रहेको खण्डमा आगामी ०८१ चैत्र ४ सम्म आईजीपीको पदमा बस्नेछ । प्रहरीमा लामो समयदेखी डिआईजीको पद रिक्त भएपनि गृहमन्त्री बालकृष्ण खांड, प्रहरी महानिरीक्षक सिंह र बालुवाटारबीच कुरा नमिल्दा बढुवा लामो समयदेखी रोकिएको हो । गृहमन्त्री खांड प्रहरीको बढुवा र सरुवामा बालुवाटारको अघि निरिह बन्दै आएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images