images
images
  • भारतीय नम्बर प्लेट भएको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

    कञ्चनपुरको पुनर्वास नगरपालिकामा भारतीय नम्बर प्लेट भएको मोटरसाइकलले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पुनर्वास नगरपालिका–६ का मनिस राना मगर रहेका छन् । भारततर्फ जाँदै गरेको युपी ३१ के ८१३० नम्बरको भारतीय मोटरसाइकलले बालकलाई ठक्कर दिएको उनलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

    ठक्करबाट घाइते भएका बालकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र १७ बर्षिय चालक मनिष सुनुवारलाई प्रहरीले नियन्त्रणमा लगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images