images
images
  • साउन पहिलो सातादेखि विदेशमै मतदाता नामावली संकलन गरिने

    काठमाडौं- विदेशमा बस्ने नेपालीलाई मताधिकार दिने विषयमा निर्वाचन आयोग सकारात्मक भएको छ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार आयोगको ध्यानाकर्षण गराएपछि आयोगले आउँदो साउनको पहिलो हप्तादेखि विदेशस्थित राजदूतावासबाट मतदाता नामावली संकलन थाल्ने प्रतिबद्धता जनाएको हो ।

    सर्वोच्च अदालतले विदेशमा रहने नागरिकको पनि मताधिकार सुनिश्चित गर्ने गरी दिएको आदेश र कांग्रेस केन्द्रीय समितिको विगतको निर्णयको कार्यान्वयनका लागि महामन्त्रीद्वयले पहल थालेको थापाले जानकारी दिए ।

    “विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने गरी सर्वोच्च अदालतले परमादेश दिएपछि र त्यसपछिको नेपाली कांग्रेस केन्द्रीय समितिको निरन्तरताका रूपमा हामीले पहल थालेका हौँ,” महामन्त्री थापाले भने, “त्यसमा प्रमुख निर्वाचन आयुक्तले ‘निर्वाचन कानुनलाई अन्तिम चरणमा पुर्‍याएका छौँ, त्यसमा तपाईंहरूले राजनीतिक दलहरूका बीचमा समझदारी कायम गराउने विषयमा पनि अग्रसरता लिइदिनुपर्‍यो, त्यसो भयो भने प्रक्रिया प्रारम्भ हुन्छ’ भन्नुभएको छ ।”

    महामन्त्रीद्वयले विगतमा जस्तै पालिकास्तरमै मतदाता नामावली संकलनको कार्यक्रम राख्न पनि आग्रह गरेका थिए । आयोगले त्यो कार्य पनि सुरु हुने जनाएको छ ।

    आयोगले बनाएको निर्वाचन आचारसंहिताको पालना हुन नसकेको भन्दै व्यावहारिक बनाउनका लागि पहल गर्न समेत उनीहरूले आग्रह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images