images
images
  • स्याङ्जामा ट्याक्टरले किच्दा युवकको मृत्यु

    काठमाडौं- स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४, गलममा ट्याक्टरको चक्काले किच्दा गम्भीर घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

    गुल्मीको सत्यवती गाउँपालिका–१ चिदुवा घर भई गलममा ज्याला मजदुरी गर्दै आएका अन्दाजी १९ वर्षीय निखिल रानाको मृत्यु भएको जनाइएको छ ।

    गए राति करिब साढे १२ बजे मिर्मीबाट कट्टीतर्फ आउँदै गरेको लु४त ८४० नम्बरको ट्याक्टरबाट अचानक खसेका उनलाई सोही ट्याक्टरको चक्काले किचेको थियो । उनको उपचारका क्रममा स्याङ्जास्थित कालिगण्डकी अस्पतालमा आज बिहान ४ बजे मृत्यु भएको जनाइएको छ ।

    ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    images