images
images
  • ट्रकमा लागेको आगो घरमा सल्कियो

    कञ्चनपुरको महेन्द्रनगर गल्ली नम्बर ४ स्थित सडकमा रोकिराखेको ट्रकमा लागेको आगो फैलिएर घरमासमेत पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सडक कालोपत्रे गर्ने खोटो बोकेको ट्रकमा आगो लागेको थियो । सो आगो नियन्त्रण हुन नसक्दा नजिकैको घरमा पनि फैलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए । उनका अनुसार आगलागी कसरी भयो भनेर छुट्याउन सकिएको छैन ।

    आगो नियन्त्रणका लागि भीमदत्त नगरपालिकाको दमकल सहित, प्रहरी, स्थानीय वासी र सेनाको टोली घछना स्थल पुगेको छ,’ उनले भने, तर आगो नियन्त्रणमा आएको छैन ।’ करिव आधा अघण्टादेखि सो क्षेत्रमा आगलागी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images