images
images
  • बागमतीमा बेलुका फोहोर फाल्नेलाई समात्न सिसिटिभी जडान गछौँ : मेयर शाह

    काठमाडौं- काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले बागमतीसहित नदी करिडोरमा वत्ती जडान गरिने बताएका छन्।

    महानगरपालिका पूर्वाधार समन्वय बैठकमा बोल्दै मेयर शाहले बागमती झलमल्ल बनाउन सरोकारवाला निकायसँग सहयोग मागेका हुन्। उनले बागमतीलगायत उपत्यकाका नदीमा फोहोर फाल्नेलाई समात्न सिसिटिभी क्यामेरा जडान गरिने पनि बताए।

    ‘बागमती झलमल्ल होस्। बेलुका फोहोर फाल्नेलाई समात्न ट्राफिकसँग समन्वय गरेर सिसिटिभी जडान गर्नुपर्छ। यसमा सरोकारवाला निकायको सुझाव र सहयोग चाहिन्छ,’ मेयर शाहले भने।

    बैठकमा सहभागी अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्यालले बागमती सफाइ अभियानलाई निरन्तरता दिनुपर्ने, मेयर/उपमेयर नै सहभागी हुनुपर्ने, बागमती नदी करिडोरलाई वत्तीले झिलिमिली बनाउनुपर्ने, फोहोर फाल्नेलाई समात्न करिडोरमा सिसिटिभी जडान गर्नुपर्ने प्रस्ताव गरेका थिए।

    सिसिटिभी जडान गरिए धेरै हदसम्म बागमती सफाइमा मद्दत पुग्ने उनले बताए। ‘सबै नदीमा सिसिटभी जडान गरेर नजिकको प्रहरीमा जोडौं। राति को आउँदो रहेछ भीआईपीहरु, मर्निङ वाक र इभनिङ वाकको नाटकमा आएर फोहोर हाल्नेलाई समात्न सकौं। यसो हो भयो भने बागमती सफाइलाई धेरै मेहनत पर्दैन,’ उनले भने।

    बैठकमा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिले नदी करिडोरमा वत्ती जडान गर्न ४० प्रतिशत काममा सघाउन सकिने प्रतिबद्धता जनाएका थिए।

    प्रतिक्रिया दिनुहोस्

    images