• भक्तपुरमा सक्रिय सङ्क्रमित घट्दै

    भक्तपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बुधबार शून्यमा झरेको छ । नयाँ भेरिएन्टसहित कोरोनाको दोस्रो लहर सङ्क्रमणले दैनिक आधा दर्जनको सङ्ख्यामा सङ्क्रमितको मृत्यु भइरहेको भक्तपुरमा बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । भक्तपुरमा बुधबारसम्म २४५ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुरमा मङ्गलबार आठ, सोमबार छ र आइतबार छ सङ्क्रमितको मृत्यु भएको थियो । भक्तपुरमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु भएकामध्ये १६२ पुरुष र ८३ महिला छन् । जिल्लाका चार स्थानीय तहमध्ये मध्यपुरथिमिमा ६१ पुरुष र २५ महिला गरी ८६ जनाको मृत्यु भएको मिजारले बताउनुभयो । त्यस्तै भक्तपुर नगरपालिकामा ३९ पुरुष र २६ महिला गरी ६५, सूर्यविनायक नगरपालिकामा ४१ पुरुष र २३ महिला गरी ६४ र चाँगुनारायण नगरपालिकामा २१ पुरुष र नौ महिला गरी ३० जनाको मृत्यु भएको छ । भक्तपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत घट्न थालेको छ । यहाँ हाल तीन हजार ५९७ सक्रिय सङ्क्रमित रहेको मिजारले बताउनुभयो । भक्तपुरमा मङ्गलबार तीन हजार ७२४, सोमबार तीन हजार ९५४, आइतबार चार हजार ६७ र शनिबार चार हजार १२० सक्रिय सङ्क्रमित रहेका थिए । यहाँका सक्रिय सङ्क्रमितमध्ये ११५ पुरुष र ८८ महिला विभिन्न अस्पताल र आइसोलेशन केन्द्रमा उपचाररत छन् । त्यस्तै एक हजार ८०३ पुरुष र एक हजार ५९१ महिला होमआइसोलेशनमा छन् ।

    प्रतिक्रिया दिनुहोस्

    Bishwokhar.com || News from Nepal
    images
    SKIP THIS