images
images
  • जिसस मोरङको प्रमुखमा एमालेका राई विजयी

    मोरङ- जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा (एमाले)का अजम्बर राई विजयी भएका छन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भएका छन् ।

    सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थारू, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल विजयी भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images