images
images
  • ८ ग्राम ब्राउन सुगरसहित झापाबाट २ युवा पक्राउ

    झापामा प्रहरीले ८ ग्राम ५२ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित दुई जना युवालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १२ हापाडाँगी बस्‍ने २४ वर्षीय सुरज मेचे र २२ वर्षीय जीवन सार्की रहेका छन् ।

    उनीहरुलाई मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरीले मेचीनगर नगरपालिका १२ हापाडाँगीबाट पक्राउ गरेको हो ।

    प्रहरीले सुरज मेचेको साथबाट लागुऔषध ब्राउन सुगर, नगद ७३ हजार रुपैयाँ, १ थान मोबाइल र घरबाट १ थान डिजिटल मिनी तराजु बरामद गरेको छ ।

    पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images