images
images
  • आमालाई खोज्न जाँदा काकाले जलाएर फर्किदैं गर्दा बाटोमा भेटेपछि…

    मोरङ- शैल्यशिखर नगरपालिका- १ बारिलका ४५ वर्षीया अनिभा खडायत राति घरमा सुतेकी थिइन् । करिब बिहानको ३ बज्दै गर्दा बाहिरबाट कोही बोलेको आवाज आयो । भाउजू भाउजू बाहिर आउनू ? बिहानको समयमा घरबाहिर आउनू भन्ने व्यक्ति थिए, स्थानीय भोजराज खडायत । अनिभा र भोजराज छिमेकी देवर भाउजू हुन् । अनिभाको श्रीमान् ७ वर्षअघि बितेका हुन् । भोजराजले बोलाएपछि आमा पनि घरबाहिर निस्किइन्। एक घण्टा भयो, आमा फर्किनन् । आमा नआएपछि १६ वर्षीया गौमतीले फोन लगाइन् । मोबाइल अफ थियो । गौमती अनिभाकी छोरी हुन् ।

    आमा नआएपछि उनी बिहान ४ बजे घरबाहिर निस्किइन्। घरबाहिर आउँदा घरमाथिबाट काका नाता पर्ने भोजराज आउँदै थिए। उखुबारीमा रहेको खरको थुप्रोमा आगो दनदनी बोलेको देखे, गौमतीले प्रहरीसामु दिएको बयानमा भनिएको छ । गौमतीले आमा खै भनेर अंकललाई सोधिन् । हातमा मोबाइल थियो । हस्याङफस्याङ गर्दै भोजराजले गौमतीको हात तान्ने प्रयास गरे । मदिरामा लठ्ठ भएका भोजराजले आफूलाई तान्न थालेपछि उनी कराउँदै भाग्दै स्थानीय रणवीर खडायतको घरमा पुगिन्।

    गौमतीले आफूलाई काकाले हात समातेर तानेको कुरा सुनाएपछि गाउँमा हल्ला भयो । गौमतीले आमा खोज्दा आफूलाई काकाले तानेको बताएपछि सबै आत्तिए । रणवीरको परिवारका सदस्य आगो बलिरहेको स्थानमा गए । त्यहाँ पुग्दासम्म अनिभाको शरीर जलिसकेको थियो । घटनाबारे प्रहरीलाई बिहान ५ बजे खबर पुग्यो । प्रहरी पुग्दासम्म त्यहाँ अनिभाको शरीर खरानी भएको थियो । फोन कमै लाग्ने ठाउँ भएको कारण त्यो क्षेत्रको घट्नाको विवरण लिन प्रहरीलाई हम्मेहम्मे भयो । जिल्ला प्रहरी प्रमुख डिएसपी प्रतीक विष्टले सुरुमै भारतसँग सीमा जोडिएका सबै नाकामा प्रहरीको उच्च सतर्कता अपनाउन लगाए ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यलाई जानकारी गराउँदै छिमेकी जिल्लाका प्रहरीलाई समेत घटनामा अपराधी भाग्न नदिने कडाइ गर्न भनियो ।

    प्रहरी चौकी बलाँचबाट सुरुमा प्रहरी गयो । इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरेर अभियुक्त समात्न सकिएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रतीक विष्ट बताउँछन् ।मृतकका तीन छोरी र १ छोरा छन् । एक छोरीको बिहे भएको थियो भने छोरा कामको सिलसिलामा भारतको बेंगलोरमा छन् । घटनालगत्तै जनप्रतिनिधि, स्थानीय सबैको सहयोगले अपराधी समयमै समात्न सकिएको प्रहरीले जनाएको छ ।

    गाउँमा एकल महिलाको आगो लगाएर ह,’त्या गरेपछि अहिले गाउँ पूरै शोकमग्न बनेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष भरतबहादुर खडायत बताउँछन् । पहिलोपटक गाउँमा यस्तो आपराधिक घटना भयो । गाउँमा म,दिरा बन्द छ । तर अन्य ठाउँबाट म,दिरा खाएर गाउँमा जघ,न्य अपराधका घटना घटेपछि महिला तथा छोरी कसरी बचाउने भन्ने चिन्ता थपिएको छ । ‘आमाको ह,त्यापछि छोरीको पनि ह,त्या गर्ने रहेछ, अध्यक्ष खडायतले भने, ‘झन्डै उनी भागेर ज्यान जोगाउन सफल भइन् ।’

    जिल्ला प्रहरी प्रमुख डिएसपी प्रतीक विष्ट अपराधी पक्राउ परिसकेको भन्दै अब उनलाई कानुनको दायरामा ल्याइने बताउँछन् । मुख्य अभियुक्त पहिचान भयो, विस्तारै घटनाको थप रहस्य के छन् खुल्दै जानेछन् । महिलाको शवको पोस्टमार्टम गरी आफन्तले अन्तिम दाहसं,स्कार गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images